|

रुकुम : आसन्न स्थानीय तहको निर्वाचनमा यस जिल्लामा एक लाख एक हजार नौ सय ३२ जनाले मतदान गर्न पाउने भएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार तीनवटा नगरपालिका र छवटा गाउँपालिकामा गरी ५१ हजार एक सय ५३ महिला र ५० हजार ७७८ पुरुष मतदाताले मतदान गर्न पाउनेछन्। 

जिल्ला निर्वाचन कार्यालयबाट एक लाख पाँच हजार चार सय ३० मतदाताको सिफारिस गरेर पठाए पनि आयोगबाट तीन हजार चार सय ९९ जनाको घटाएर अन्तिम नामावली पठाएको जिल्ला निर्वाचन अधिकृत कमलमणि देवकोटाले जानकारी दिनुभयो। २०७० सालको संविधानसभा निर्वाचनमा भन्दा १५ हजार चार सय ६० मतदाता बढेका छन्। त्यतिबेला ८६ हजार चार सय ६३ मतदाता थिए। 

ग्रामीण क्षेत्रमा धेरैले मतदाता सूचीमा नाम भर्न छुटाएका बताइएको छ। कतिपयको पायक पर्ने ठाउँमा मतदान केन्द्र नभएको र कतिपय रोजगारीका सिलसिलामा विदेशमा रहेकाले भोट हाल्नेको संख्या घट्नसक्ने अनुमान गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.