|

काभ्रे : वीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका वडा नंं ११ भीमखोरीको पिप्लेमा सडक दुर्घटना हुँदा २  जनाको मृत्यु भएको छ। बुधबार बिहान झन्डै ९ बजे भएको दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नविनराज राईले बताए।

राईका अनुसार मृत्यु  हुनेमा मोटरसाइकल चालक ओखलढुङ्गा जिल्लाका २२ वर्षीय मिन बहादुर पौडेल र मोटर साइल पछाडी सवार  सोही ठाउँका २५ वर्षीय मदन बुढाथोकी छन्। पौडेलको घटनास्थलमा नै र घाइते बुढाथोकीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको राईले बताए।

दुर्घटनापछि बस चालक सिन्धुली पकुरठाकुर–८ निवासी ३२ वर्षका  टोप बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको  छ। बनेपाबाट सिन्धुलीतर्फ गैरहेको बा ४५ प ६७५३ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ गइरहेको  सुमोलाई  ओभरटेक गर्न खोज्दा  दिक्तेलबाट काठमाडौंतर्फ आइरहेको बा ४ ख ६०३ नम्बरको यात्रुबाहक बससँग ठोक्किएर दुर्घटना निम्तिएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक शंकर श्रेष्ठले बताए।

उक्त घटनामा परी घाइते भएका ६ जनाको काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल सामुदायिक अस्पतालमा उपचार भैरहेको छ। घाइतेको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.