इलाम : पत्रकार सन्तोष आचार्यको पहिलो कृति ‘रिडर्स गफ’को लोकार्पण गरिएको छ। मिडिया रिसर्च सेन्टरले प्रकाशन गरेको पुस्तकको मंगलबार प्रगतिशील लेखक पुन्य खरेल र रिडर्स झापाका संस्थापक अध्यक्ष उज्ज्वल प्रसाईंले लोकार्पण गरे।
कृतिको लोकार्पणपश्चात् कृतिको परिचर्चा लीला अनमोल तथा कुमार भट्टराईले गरेका थिए। झापाको मेचीनगर नगरपालिका-६ काँकडभिट्टाका आचार्यले पत्रकारिता दौरान देखेका र भौगेका घटनाहरूलाई पुस्तकमा समावेश गरिएको बताए। झापाबाट प्रकाशित पूर्वाञ्चल दैनिकमा एक दशकभन्दा लामो समय लेखिएको रिडर्य गफ नामक स्तम्भ नै पुस्तकको जग भएको आचार्यले बताए। पुस्तक १९८ पृष्ठको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।