|

लहान : पूर्व–पश्चिम सडकअन्तर्गत सिरहाको लहानमा शनिबार भएको छुट्टाछुट्टै तीन वटा सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

लहान १ बजरंग पेट्रोल पम्पनजिक धरानबाट काठमाडौं जाँदै गरेको ना.५ ख ४२०५ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आइरहेको स.८ प ३७६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका दुई जनाको मृत्यु भएको हो। बसको ठक्करले गम्भीर घाइते भएका सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका १ मौवाही ३ का हरिनारायण साहका छोरा वर्ष २४ का जितेन्द्रप्रसाद साह र वर्ष २८ का शिव चौधरीको उपचारको क्रममा लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानमा शनिबार बिहानीपख मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।

प्रहरीले बस, मोटरसाइकल र बसका चालक मकवानपुरको हेटौडा नगरपालिका १६ का वर्ष २६ का दिनेश कुमार दोङलाई नियन्त्रणमा लिएको छ।

त्यस्तै, लहान ३ स्थित पूर्व–पश्चिम सडकमा दुईवटा मोटरसाइकल आपसमा ठोकिँंदा तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार स. ३ प ६०१२ नम्बरको मोटरसाइकललाई स. २ प २६०७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ६०१२ नम्बरको मोटरसाइकलमा रहेका उदयपुरको त्रियुगा नगरपालिका ११ बस्ने वर्ष २७ का मनोज पूर्वे र पछाडि बसेकी उनकी श्रीमती वर्ष २५ की सूचीकुमारी पूर्वे र भाञ्जा वर्ष ४ का सनसाइन पँजियार घाइते भएका छन्।

घाइते तीनै जनाको लहानस्थित रा.उ. स्मारक अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने २६०७ नम्बरको मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच, शनिबार बिहान ११ बजेतिर लहानको अस्पताल चोकनजकिै साइकल यात्रीलाई बसले ठक्कर दिँदा नाम नुखलेका अन्दाजी वर्ष ३६ का एक पुरुष गम्भीर घाइते भएका छन् । ना.५ख ४६९२ नं.को बसले साइकल चलाइरहेका व्यक्तिलाई ठक्कर दिँदा गम्भीर घाइते भएपछि प्रहरीको सहयोगमा उपचारका लागि लहानस्थित सप्तऋषि अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.