|

इलाम : वर्षासँगै परेको चट्याङ लागेर इलाममा १ जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा देउमाई नगरपालिका–२ का २३ वर्षीय सन्दीप राई रहेका छन्। शनिबार बिहान करिब ११ बजेतिर घरको बार्दलीमा बसिरहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो। उपचारका लागि जिल्ला अस्पतालमा ल्याउदै गर्दा बाटामा उनको मृत्यु भएको प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिए। मृतक राईलाई पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.