|

काठमाडौं :  सत्ता साझेदार नेपाली कांग्रेसका २ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरुले २ चरणमा निर्वाचन गरेर भएपनि मधेसी मोर्चाका माग पुरा गर्न पार्टी नेतृत्वलाई दबाब दिएका छन्।

पार्टी कार्यालय सानेपामा भएको छलफलमा ६० भन्दा बढी नेताहरुले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सहमतिमा लिन दबाब सिर्जना गरे।  २ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति तथा पार्टीका शीर्ष नेताबीच भएको छलफलमा सहभागीहरुले २ चरणमा निर्वाचन गरेर भएपनि मधेसी मोर्चाको माग पुरा गर्नुपर्ने बताए।

नेताहरुले पार्टी र राष्ट्र दुबैको हितका लागि मधेसी मोर्चालाई निर्वाचन सहभागी गराउनुको विकल्प नरहेको तर्क  गरे। बैठकमा उनीहरुले मधेसी मोर्चा निर्वाचनमा आउने हो भने निर्वाचन जति चरणमा गरे पनि फरक नपर्ने धारणा राखे।

मोर्चालाई निर्वाचनमा सहभागी गराउन पार्टी नेतृत्वलाई सुझाव दिइएको पार्टीका केन्द्रिय सदस्य अजय चौरासियाले जानकारी दिए। उनले मधेसको माग सम्बोधन नभई निर्वाचनमा जान नहुने बताए।

नेताहरुले मधेस विनाको निर्वाचनको परिकल्पना नगर्न पार्टी नेतृत्वलाई दबाब दिए। उनीहरुले पहिलो संविधान संशोधन प्रस्ताव प्रक्रिया पुरा नगरी सरकारले फिर्ता लिँदा समेत पार्टी नेतृत्वले कुनै प्रतिक्रिया नदिएको  भन्दै असन्तुष्टि व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.