|
फाइल तस्वीर

सिमकोट : सदरमुकाम सिमकोटमा आज (बिहीबार) बिहानदेखि नै लगातार पानी तथा हिमपात भएपछि चिसो अत्यधिक बढेको छ।

हिमपातका कारण यस वर्ष मंसिर महिनामै चिसो बढेको छ। हिमपातबाट सदरमुकामका बासिन्दासमेत प्रभावित भएका छन्। 

त्यस्तै सिमकोटभन्दा माथिको उत्तरी भेगको विकास निर्माणसमेत हिमपातले अत्यधिक चिसो भएपछि प्रभावित भएको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख विसुनदास लामाले बताए। 

नेपालगञ्जबाट सिमकोट सदरमुकाम विमानस्थलमा आउने उडान पानी र हिमपातले गर्दा बन्द भएका छन्।

हिमपातका कारण लिमीका तीनवटा गाउँ जाङ, हल्जी र तिलगाउँका जनतालाई सिमकोट सदरमुकाम तथा अन्य ठाउँमा आवतजावत गर्न कठिन भएको छ।

ती ठाउँका बासिन्दालाई सानातिना काम गर्न पनि धेरै मुस्किल भएको गाउँपालिका अध्यक्ष पाल्जोर लामाले फोनबाट जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.