|

धादिङ : पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका-२ बिहानी पम्प नजिकै मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एक जनाको मृत्यु र दुई घाइते भएका छन्।

बा ४४ प ९८३६ नम्बरको मोटरसाइकल र बा ६३ प ४८३४ नम्बरको स्कुटर आइतबार बिहान एकापसमा ठोक्किँदा मोटरसाइकललाई ना ६ ख ७४९ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए। दुर्घटनामा मोटरसाइकलमा सवार बेनीघाट रोराङ गाउँपालिका–१० का ३३ वर्षीय सुकबहादुर चेपाङको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा परी घाइते भएका सिद्धलेक गाउँपालिका–१ का २५ वर्षीय सुरेन्द्र वाइबा र २८ वर्षीय सोनाम घलेको गजुरीमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। राजमार्गमा दुर्घटना भएपछि एक घण्टा यातायात अवरुद्ध भएको थियो। सवारी साधन हटाएपछि यातायात साधन सञ्चालनमा आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.