काठमाडौं : लगातार ओरालो लागेको सेयर बजार मंगलबार भने उकालो लागेको छ। आज शेयर नेप्से परिसूचक ५६.७४ अंकले बढेर बजार उकालो लागेको हो।
आज नेप्से २ हजार ४ सय १३.५४ बिन्दुमा पुगेर रोकिएको छ। मंगलबार कारोबार रकम भने २ अर्ब ३८ करोड ३२ लाखमा सीमित भएको छ। आज २२६ कम्पनीको ४९ लाख ७४ हजार कित्ता शेयर कारोबार भएको छ।
आज सबै उपसमूहको सूचक बढेको छ। ग्रिन डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यसैगरी, जानकी फाइनान्स लिमिटेडको शेयर मूल्य ९.८१ र रसुवागढी जलविद्युत्को ९.२१ प्रतिशतले बढेको छ।
आज गोर्खाज् फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाए। यो कम्पनीको शेयर मूल्य ८.८९ प्रतिशतले घटेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।