|

चितवन : चितवनको इच्छाकामना गाउँपालिका- ३ स्थित फिस्लिङमा आइतबार दुईवटा ट्रक एकआपसमा जुध्दा १ जनाको मृत्यु भएको छ। अन्य ५ जना घाइते भएका छन्।

मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा २ ख १९५८ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको ना ५ ख ९१९० नम्बरको ट्रक आइतबार बिहान करिब साढे ६ बजे एकआपसमा ठक्कर खाएको चितवनका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा १९५८ नम्बरको ट्रकका चालकको घटनास्थलमै मृत्यु भएको र उनको पहिचान खुल्न बाँकी रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए।

शव ट्रकभित्रै च्यापिएको अवस्थामा फेला परेको थियो। दुर्घटनामा अर्को ट्रकका चालकसहित ५ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनास्थलमा अहिले सडक एकतर्फीरुपमा मात्र सञ्चालनमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.