|

काठमाडौं : सिरहाको गोलबजार नगरपालिका-६ डोहटियाका २७ वर्षीय पंकजकुमार महतो पेस्तोलसहित एकजना पक्राउ परेका छन्।

उनको साथबाट एक थान म्याग्जिन नभएको पेस्तोलसहित शनिबार राति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पंकजले आफ्नै घरमा हातहतियार लुकाई राखेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलिले उनलाई नियन्त्रणमा लिएको हो। यसबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.