|

न्युजिल्यान्ड : चिकित्सा क्षेत्रका बेथितिको विरोधमा दुई सातादेखि अनसनरत डाक्टर गोविन्द केसीका आन्दोलनमा न्युजिल्यान्डका नेपालीले ऐक्यबद्धता जनाएका छन्। न्युजिल्यान्डको क्राइस्टचर्चमा क्रियाशील नेपाली समुदायको संस्था नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीको आयोजनामा आइतबार स्थानीय रे ब्ल्यांक पार्कमा भेला भएर क्राइस्टचर्चमा बस्ने नेपाली समुदायले डाक्टर केसीको आन्दोलनमा समर्थन जनाएका हुन्।

नेपाली टोपी र झण्डासहित उपस्थित नेपालीजनले डाक्टर केसीको आन्दोलनमा समर्थन र नेपालका राजनीतिक नेतृत्वलाई कटाक्ष गर्ने नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

भ्रष्टाचार र स्वास्थ्य क्षेत्रको अनियमितताविरुद पटकपटक अनसन बसेका डाक्टर केसीको आन्दोलनमा नेपालमा सर्वसाधारणदेखि विशिष्ठ क्षेत्रबाट पनि ऐक्यवद्धता आइरहेको छ।

शनिबार काठमाडौंमा भएको प्रदर्शनबाट प्रेरित भएर छोटो समयको सूचनामा ऐक्यबद्धता आन्दोलन संयोजन गरेको सोसाइटीका अध्यक्ष सागर पाण्डेले बताए। उनीहरुले तत्काल माग पूरा गरी केसीको जीवन रक्षा गर्न माग गरेका छन्।

 फोटोहरुः नेत्र तिमल्सिना

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.