|

कपिलवस्तु : महाराजगंज नगरपालिका-४ बरगदवा पुल नजिकै शुक्रबार भएको जीप दुर्घटनामा १ जनाको मृत्यु भएको छ। जीप दुर्घटना हुँदा सोही नगरपालिका-२ बस्‍ने वर्ष १८ का राजु रैदासको मृत्यु भएको हो।

रैदासको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। बहादुरगंज–तौलिहवा सडकखण्ड अन्तर्गत बरगदवामा लु १ ज १८२१ नम्बरको जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। 

दुर्घटनामा घाइते भएका १० जना जिल्ला अस्पताल तौलिहवामा प्राथमिक उपचार गरेपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। यस्तै गम्भीर घाइते ५ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। गाडी अनियन्त्रित भै पुल नजिकै खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.