|

बुटवल : रूपन्देही प्रहरीले ८६ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार ८६ लाख ८ हजार ६०० रुपैयाँ बराबरको अवैध जुत्ताचप्पल बरामद गरी आवश्यक कारबाहीका लागि पिकअप गाडी र दुईजना व्यक्तिलाई सम्बन्धित निकायमा पठाएको छ।

प्रहरीले बिहीबार दिउँसो साढे १२ बजे रूपन्देहीको बुटवल उपमहानगरपालिका-१ तिनाउ पुलमा लु१ज ३१६७ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा भारतबाट अवैधरूपमा ल्याउँदै गरेको १२ लाख मूल्य बराबरको १८८ जोर जुत्ता र  १२ सय ९६ मिटर थान कपडा बरामद गरेको हो।

गाडी पिकअप चालक कृष्ण थापा र गाडीमा सवार तुलसी थारूलाई प्रहरीले नियन्त्रणमा लिई सामानसहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय लगिएको बताएको छ।

उक्त अवैध सामान भण्डारण गर्ने गरिएको गोदामलाई पहिचान गरी जिल्ला रूपन्देही बुटवल उपमहानगरपालिका-५ विकास पथस्थित रहेको गोदाममा कार्यालयबाट खटिएको प्रहरी टोली र राजस्व अनुसन्धान कार्यालय बुटवलबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियो।

त्यसक्रममा गोदामभित्र अवैध रूपमा राखिएका ६ हजार १३४ जोर ३१ कार्टुन विभिन्न किसिमका जुत्ताहरू, ५ हजार २५० जोर विभिन्न किसिमका जेन्स तथा लेडिज चप्पल र ३२५ जोर सेण्डिल गरी कुल जम्मा ७४ लाख ८ हजार ६०० रुपैयाँ बराबरको सामान बरामद गरी राजस्व अनुसन्धान कार्यालयमा पठाएको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.