|

काठमाडौं : सरकारले संसदमा टेबल गरेको संविधान संशोधन विधेयक आज निर्णयार्थ पेस हुँदैछ। संशोधन प्रक्रियालाई टुंगोमा पुर्‍याउनका लागि संसद बैठक आजै दुई चरणमा बस्नेछ।

मध्याह्न बस्ने पहिलो बैठक पूर्वसांसद नथुली सिंह दनुवारको निधनप्रति शोक प्रस्ताव पारित गरी स्थगित हुनेछ। सिंह २०४८ सालमा नेपाली कांग्रेसका तर्फबाट सांसद बनेका थिए।

दोस्रो बैठकमा विधेयकमा परेका संशोधनमाथि दफावार छलफल हुनेछ। विधेयकमा ५१ वटा संशोधन परेका छन्। त्यसमा सबैभन्दा धेरै एमाले सांसदहरुको २९ वटा संशोधन परेको छ। सत्ता गठबन्धनको तर्फबाट भने मधेसी मोर्चासँगको सहमति अनुसार संयुक्त प्रस्ताव पेस गरिएको छ।

संशोधनमाथिको दफावार छलफल सकिएपछि सरकारका तर्फबाट कानुनमन्त्री अजयशंकर नायकले जवाफ दिनेछन्। कानुनमन्त्रीको जवाफपछि विधेयकमा मतदान प्रक्रिया सुरु हुनेछ।

विधेयक पारित हुनका लागि संसदमा हाल कायम ५ सय ९३ को दुई तिहाइ ३ सय ९६ मत आवश्यक पर्छ। हालसम्म विधेयकको पक्षमा ३९३ तथा विपक्षमा १९६ सांसद खुलेका छन्। २ सांसद तथस्ट रहँदा २ जनाले मताधिकार पाउने छैनन्। मताधिकार नपाउनेमा सभामुख ओनसरी घर्ती र निलम्बित सद्भावना सांसद सञ्जय साह हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.