|

सिन्धुली : नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुली आउने कार्यक्रम स्थगित भएको छ। 

अध्यक्ष प्रचण्डको व्यस्तताका कारण सिन्धुली आउने कार्यक्रम स्थगित भएको नेकपा माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज लेखनाथ दाहाल(राजन)ले जानकारी दिए। प्रचण्डले आज कमलामाई नगरपालिका–४ ढुङ्ग्रेवास दोभानटारमा रहेको सिन्धुली विद्याश्रम सार्वजनिक शैक्षिक गुठीको नवनिर्मित दुई वटा विद्यालय भवन उद्घाटन गर्ने कार्यक्रम रहेको थियो। तर अन्तिममा व्यस्तताका कारण भवन उद्घाटन गर्न प्रचण्ड उपस्थित हुन नसक्ने जानकारी आएको इन्चार्ज दाहालले बताए। 

उक्त विद्यालयको भवन शिक्षा मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको इन्चार्ज दाहालले बताए। दाहालका अनुसार अध्यक्ष प्रचण्डले विद्यालय भवन उद्घाटन कार्यक्रममा भर्चुअल सम्बोधन गर्ने तयारी भएको छ। अध्यक्ष प्रचण्ड भोलि शनिवार भने नेकपा माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्न सिन्धुली आउने कार्यक्रम तय भएको छ। 

प्रचण्ड हेलिकोप्टर मार्फत पार्टी कार्यालयको भवन उद्घाटन गर्न आउने इन्चार्ज दाहालले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.