|

सिन्धुली : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबाट निकासी हुन लागेको ठूलो परिमाणकाे अवैध गोलिया काठ प्रहरीले बरामद गरेको छ।

हरिहरपुरगढी गाउँपालिका–१ स्थित बागमती नदीको किनार घाट गद्दीमा रहेको साल तथा अन्य जातको अवैध गोलिया काठ प्रहरीले बरामद गरेको हो।

ट्रकमा लोड गर्दै गरेको अवस्थामा फेला पारी २ हजार २९७ क्यूफिट गोलिया काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

सालको १८० थान गोलिया १५४५ क्यूफिट र अन्य जातको ७१ थान गोलिया ७९१ क्यूफिट बरामद भएको सिन्धुलीका प्रहरी नायब उपरीक्षक विमल राज कँडेलले जानकारी दिए।

इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा रहेको टोलीले अवैध काठ बरामद गरी आवश्यक कारबाहीका लागि मरिण वन डिभिजन सिन्धुलीलाई बुझाएको उनले बताए।

अवैध निकासीको लागि दुई वटा ठूलो ट्रकमा एक्साभेटर लगाएर लोड हुँदै गरेका गोलिया काठको बजार मूल्य एक करोडभन्दा बढी हुन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.