|

काठमाडौं : स्याङ्जा, गल्याङ नगरपालिका १ राम्दीबाट नियन्त्रित लागुऔषध फेनारगन २२ एम्पुल, नुर्फिन २१ एम्पुल डाईजेपाम २१ एम्पुल र २ थान सिरिञ्ज सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका १२ बस्ने २० वर्षीय अभिषेक सुनार र सोही महानगरपालिका १३ बस्ने १९ वर्षीय बिमल थापा रहेका छन्।

बुटवलबाट पोखरातर्फ आउँदै गरेको ना. ४ ख ३८९४ नम्बरको बसलाई राम्दी चेक पोईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो।

सिरहा, धनगढीमाई नगरपालिका १२ कुस्मा टोलस्थित चौरबाट करिब ४० केजी गाँजा गएराति प्रहरीले बरामद गरेको छ।

ईलाका प्रहरी कार्यालय विष्णुपुर कट्टी सिरहाबाट खटिएको प्रहरीलाई देख्नासाथ गाँजाको बोरा सोही स्थानमा छोडेर मानिस फरार भएपछि प्रहरीले बरामद गरेको हो।

हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.