|

काठमाडौं :  नेपाली खेलाडी अशोक खड्काले अस्ट्रलियाको गोल्डकोस्टमा भएको गोल्डकोस्ट खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको पहिलो दिन शनिबार स्वर्ण जितेका छन्। गोल्डकोस्टको करारा रंगशालामा भएको प्रतियोगिताको पुरुष एकल पुम्सेमा अशोकले नेपाललाई स्वर्ण दिलाए।

उक्त स्पर्धामा विभिन्न १४ राष्ट्रका १४ खेलाडी सहभागी थिए। अशोकले सबै प्रतिद्वन्द्वीलाई पछि पार्ने क्रममा १० पूर्णाङकमा सर्वाधिक ९.१६ अंक ल्याए। न्युजिल्यान्ड र आयोजक राष्ट्र अस्ट्रेलयाका खेलाडी क्रमशः दोश्रो र तेश्रो भएका थिए।

गोल्डकोस्ट तेक्वान्दो संघको आयोजनामा भइरहेको प्रतियोगिता सोमबारसम्म जारी रहनेछ। उक्त प्रतियोगिता नेपालबाट सहभागी हुने अशोक एक्ला खेलाडी हुन्। आयोजक गोल्डकोस्टले अशोककै नेतृत्वमा रहेको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) लाई सहयोग स्वरुप १० थान किक प्याड समेत उपलब्ध गराएको बताइएको छ।

प्रतियोगितामा भाग लिनुअघि सिडनीमा भएको क्योरोगी सेमिनारमा पनि अशोक सहभागी भएका थिए। अशोक मे १२ तारिखमा स्वदेश फर्कने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.