|

रोल्पा : माडी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

शनिबार साँझ भएको दुर्घटनामा परिर्वतन गाउँपालिका–५ राँकोटका ३० वर्षीय मनिपाल बुढाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी थमन जिसीका अनुसार रोल्पाको माडी गाउँपालिकाको घर्तीगाउँबाट परिर्वतन गाउँपालिकाको इरिवाङ जाँदै गरेको रा ४ प ४८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई तार्केबाङ नजिक दुर्घटना भएको हो।

कच्ची, साँघुरो र चिप्लो सडकका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.