|

हुुम्ला : चंखेली गाउँपालिका– २ को महादेव मावि मतदान केन्द्रमा दुई पक्षबीच झडप हुँदा मतदान अधिकृत कृष्णप्रसाद आचार्यसहित तीन जना घाइते भएका छन्

सत्ता गठबन्धन दल पक्ष  र अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही पक्षबीच सामान्य विवादले उग्ररूप लिएको हो। झडपमा मतदान केन्द्रमा खटिएका कर्मचारी काला रावत, स्थानीयबासी लिला शाही पनि घाइते भएका छन्। घाइतको नजिकैको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 

यस क्रममा प्रहरील आठ राउण्ड हवाइ फायर समेत गरेको छ।  घटनापछि केही समयका लागि मतदान स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.