|

सुर्खेत : १६९५ भोट ल्याएर हुम्लाको चंखेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही अध्यक्षमा निर्वाचित भएका छन्। माओवादी केन्द्रका उम्मेदवार गोविन्दबहादुर शाहीलाई ११७१  भोट ल्याएर पराजित भएका छन्।

यो पालिकामा माओवादी केन्द्र र कांग्रेसबीच तालमेल थियो। कांग्रेससँग असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका प्यारीलाललाई एमाले, एकीकृत समाजवादीले समर्थन ५२३ भोटले प्रतिद्वन्द्वीलाई हराउँदै प्यारीलाल विजयी भए।

उपाध्यक्षमा भने एकीकृत समाजवादीकी प्रेमकला शाही विजयी भएकी छन्। १९९ मतान्तरले शाही विजयी भएकी हुन्। उनले १३७२ मत ल्याइन् भने कांग्रेसकी मैना बुढाले ११७३ मत पाइन्।

माओवादी केन्द्रकै गड मानिएको गाउँपालिका स्वतन्त्र उम्मेदवार विजयी भए। ताँजाकोट, नाम्खा, सिमकोटमा भने माओवादी केन्द्र अध्यक्षमा विजयी भयो। अदानचुली, सर्केगाड र खार्पुनाथमा उपाध्यक्षमा चित बुझायो।

यस्तै, कांग्रेसले अदानचुली, सर्केगाड, खार्पुनाथ गाउँपालिकामा अध्यक्षमा जितेको छ। ताँजाकोट,सिमकोट र नाम्खामा उपाध्यक्ष जितेकै छ। हुम्लामा एमाले पनि शून्य भएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.