|

गुल्मी : गुल्मीमा माछा मार्ने क्रममा एकजनाको मृत्यु भएको छ। चन्द्रकोट गाउँपालिकाको मजुवानजिकै बढीघाट खोलामा बुधबार माछा मार्ने क्रममा जालमा अल्जिएर चन्द्रकोट गाउँपालिका मजुवा वडा नं. ८ का २५ वर्षीय युवराज रजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिए।

खोलामा माछा मार्न जाल खेलिरहेका रजाली जालमा अल्झिएर खोलामा ढुब्दा ज्यान गएको प्रहरीले जनाएको छ। बुधबारै सोही खोलामा पौडी खेल्ने क्रममा एकजना बालक बेपत्ता भएका छन्। चन्द्रकोट गाउँपालिकाको मजुवा पुलक मुखा भन्ने स्थानमा पौडी खेल्ने क्रममा दवार गाउँपालिका वडा नं. १ बलिथुम निवासी १३ वर्षीय राजेन्द्र परियारको बगेर बेपत्ता भएको प्रहरी उपरीकक्ष रावलले जानकारी दिए। पौडी खेल्ने क्रममा बेपत्ता भएका बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.