|

काठमाडौं : कोटेश्वरमा रहेको तीन रोपनी जग्गा किन्न भन्दै ठगी गर्ने ललितपुरका राजनकुमार केसीलाई प्रहरीले बुधबार पक्रेको छ।

केसीले एक आनाको १५ लाख रुपैयाँको दरले बैना गरेको तर पूरा पैसा दिन नपुगेको भन्दै अनिता बुढाथोकीसँग १२ लाख रुपैयाँ लिएका थिए। केसीले बैना गरेको नक्कली कागजात देखाई २०७१ कात्तिक १९ मा बुढाथोकीसँग १२ लाख रुपैयाँ लिएका थिए। तर फिर्ता दिने बेला पैसा नभएको भन्दै १५ लाख रुपैयाँको चेक दिई उनी फरार भएका थिए।

करिब दुई वर्षसम्म फरार रहेका केसीलाई २०७२ माघमा काठमाडौं जिल्ला अदालतले ६ महिना कैद र १२ लाख रुपैयाँ जरिवाना तोकिसकेको छ। उनलाई अदालतले दिएको आदेश अनुसार केन्द्रीय कारागार पठाइसकिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.