|
फाइल फोटो

सिन्धुपाल्चोक : मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिएको छ। 

मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आर्थिक वर्षमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको साइरनको अवस्था परीक्षण गरिएको हो। 

‘यसबाट मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिम कम गरी जनधनको क्षति कम गर्न सहयोग मिल्छ’, मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले भने।
 
मेलम्चीले गत असारको विनाशकारी बाढीपश्चात् आफ्नै लगानी तथा रामलक्ष्मण इनोभेसन प्रालिको सहयोगमा ‘अर्ली वार्निङ सिस्टम’ (पूर्व चेतावनी प्रणाली) साइरन प्रविधि जडान गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.