|

रुकुम (पूर्व) : रोल्पाको माडी गाउँपालिका–५, भाबाङको बाङमा गाउँमा एक बालकको शव फेला परेको छ। प्रहरीले १३ वर्षीय जयराम ओली झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

वडा सदस्य रत्नबहादुर डाँगीले आइतबार सम्पर्कविहीन भएका बालकको शव सोमवार घरबाट करिब ५०० मिटर टाढा राँकुको रूखमा झुण्डिएको अवस्थामा फेला परेको बताए। 

भाबाङ स्थित प्रहरी चौकीका हवल्दार बलराम पाण्डेको नेतृत्वमा प्रहरी अनुसन्धानमा खटिएको छ। बालकको शव पोष्टमार्टमका लागि प्रहरीको सहयोगमा रोल्पा अस्पताल लगिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.