|

रोल्पा : अविरल वर्षासँगै आएको बाढीले लुंग्री गाउँपालिकास्थित वोज्याङखोलामा पुल भत्किँदा आवतजावतमा स्थानीयवासीलाई सास्ती भएको छ। लुङ्ग्री–१ र ५ को सिमानामा पर्ने यो पुल तीन वर्षअघि निर्माण गरिएको थियो।

गत मंगलवार राति परेको पानीपछि आएको बाढीले पुल बगाएको थियो। अहिलेसम्म पुल मर्मतसम्भार हुन नसक्दा स्थानीयलाई आवतजावतमा सास्ती भएको हो। सोही बाटो हुँदै लुंग्रीका विभिन्न वडा र सदरमुकाम लिवाङ आवतजावत गर्ने गर्छन्।

‘पुल भत्किएपछि कतिपय स्थानीय पैदलयात्रा गर्न बाध्य छन् भने कतिपय अर्को बाटोबाट आवतजावत गर्छन्’, लुंग्री गाउँपालिकाका अध्यक्ष भरतकुमार थापाले  भने, ‘निकट भविष्यमा पुल मर्मत गरी यातायात सञ्चालन गर्छौँ।’
 
२७ लाख रुपैयाँ लगानीमा बनेकोसो पुलमा आर्थिक अनियमतिता भएको भन्दै व्यापक आलोचना भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.