|

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले गोरखाको आरुघाट गाउँपालिका–१ श्याम्चेतमा पहिरोका कारण विस्थापित भएकालाई राहत र तत्कालका लागि बासस्थानको व्यवस्था मिलाउन निर्देशन दिएका छन्। 

गृहमन्त्री खाँणले गृह प्रशासन, मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा, गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य र जिल्लाका सुरक्षा निकायलाई पहिरोबाट विस्थापितको उद्धारमा कमी हुन नदिन निर्देशन दिएका हुन्।

पहिरोले स्थानीय वीरबहादुर गुरुङलगायतको घर पुरेको र गाउँको दुवै तिरबाट पहिरो आएकाले गाउँ नै जोखिममा रहेको खबर आएको प्रजिअ आचार्यले जानकारी दिए।

पहिरोबाट विस्थापितलाई उद्धार गर्न बुधबार साँझ नै प्रहरी र सशस्त्रको टोली घटनास्थल पुगिसकेको प्रजिअ आचार्यले जानकारी दिए पहिरोले ६ घर पुरेको छ। उनका अनुसार मानवीय क्षति भने भएको छैन। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.