|

काठमाडौं : तुर्माखाँद गाउँपालिका–२ भुलुमा पहिरोले तीनजनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

४५ वर्षिय हरिकला विष्ट, २५ वर्षीय वीरेन्द्र विष्ट र १५ वर्षीया संविधान विष्ट रहेको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिसीले जानकारी दिए।

गएराति पहिरोसँगै रुखले थिच्दा घर भत्किँदा उनीहरूको मृत्यु भएको हो। 

६२ वर्षकी नैना विष्ट घाइते भएकी छिन्। विष्टको उद्धार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवबहादुर विष्टले जानकारी दिए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.