|

चौतारा : सिन्धुपाल्चोकमा बाटोमा खोला तर्ने क्रममा खस्दा २ जनाको मृत्यु भएको छ।

चौतारा सांगाचोकगढी नगरपालिका सानुसिरुवारी घर भएकी ५५ वर्षीया गोमा धिताल र उनको बहिनीको छोरा मेलम्ची नगरपालिका-११ बस्ने ५ वर्षीय विशेष चालिसेको मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

मृतक महिला बालककी ठूलीआमा रहेको र उनीहरू इन्द्रावती गाउँपालिका-१० भोटसिपामा रहेको माइत जाँदै गर्दा बाटो तर्ने क्रममा लडेर खोलाले बगाएको बालककी आमा पार्वती चालिसेले जानकारी दिइन्।

मृतक दुवै जनाको शव बगाएको अवस्थामा केही तल खोलामा भेटिएको छ। वर्षाको समयमा बाटो निकै अफ्ठेरो रहेकाले उनीहरू खसेको स्थानीयको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.