|

काभ्रेपलाञ्चोक : जिल्लाको कोशीपारि–चौरी देउराली गाउँपालिकाको १ र २ नम्बर वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

वडा नं. १ मा राजु आले तामाङ र वडा नं. २ मा दिनेश लामा विजयी भएका हुन्। तामाङले एमालेका प्रताप लामालाई हराएका हुन्। तामाङले  ३१० र लामाले २७७ मत ल्याए।  

वडा नं. २ मा दिनेश लामाले ३०० मत ल्याएर नेपाली कांग्रेसका डम्बरबहादुर लामालाई हराए। डम्बरले २३९ मत ल्याएका छन्। अहिले वडा नं. ३ को मत गणना जारी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.