|

सुर्खेत : सुर्खेतको चिगांड गाउँपालिका वडा नम्बर ६ मा महिला सदस्यका उम्मेदवारहरुको मत बराबर भएपछि गोलाप्रथा गरिएको छ। महिला सदस्यका उम्मेदवारहरु नेकपा एमालेकी पबित्रा राना र नेपाली कांग्रेसकी ओम कुमारी वलीले बराबर ३ सय ६८ मत प्राप्त गरेका थिए। गोलाप्रथाद्वारा उम्मेदवार छनोट गर्ने सहमति भएपछि नेकपा एमालेकी पबित्रा रानाले जित हात पारेकी हुन्।

यसअघि  सल्यानकको ढोरचौर गाउँपालिकाको वडा नम्बर ४ मा  नेपाली कांग्रेसका दिनेश विएम र नेकपा एमालेका देवेन्द्र रोका दुवैले बराबर मत ३ सय २१ प्राप्त गरेपछि गोलाप्रथाबाट कांग्रेसका दिनेश बिएम विजयी भएका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.