|

काठमाडौं : जावलाखेल युथ क्लबका महासचिव मनमोहन केसीको निधन भएको छ। मुटुसम्बन्धी समस्याका कारण उनको गएराति करिब ११ बजे नर्भिक अस्पतालमा निधन भएको क्लबका अध्यक्ष ठूलोभाइ केसीले जानकारी दिए। केसीको शव अहिले पनि नर्भिक अस्पतालमा नै राखिएको छ।

अध्यक्ष केसीका अनुसार उनलाई रुघाखोकी लागिरहने समस्या पहिलेदेखि नै थियो। ‘सामान्य समस्या पहिलेदेखि नै थियो। चिसो, रुघाखोकी भनेर उसले ख्याल गरेन,’ अध्यक्ष केसीले थाहा खबरसँग भने, ‘अलि बढी समस्या देखिएपछि अस्पताल भर्ना भएको थियो, मुटु नै फेलियर भइसकेको रहेछ।’

केसीले रुघाखोकी लागेको भन्दै बुधबार फेसबुक स्टाटस पनि लेखेका थिए। उनी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत हुन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.