|

उदयपुरका : जिल्लाको त्रियुगा नगरपालिका ५ स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक राधारमण खतिवडाले शुक्रबार शिशु कक्षाका १६ विद्यार्थीहरुलाई विद्यालयमा ड्रेसमा आवश्यक पर्ने जुत्ता,मोजा,टाई,बेल्ट लगायतका सामाग्रीहरु वितरण गरेका छन्।

प्रअ खतिवडाले उपलब्ध गराएका यी सामाग्री जिल्ला शिक्षा अधिकारी हरिहर धितालले विद्यार्थीहरुलाई हस्तान्तरण गरे।

उनले आफ्ना भाइ स्वर्गिय कविराज खतिवडाको १० औं वार्षिकीको अवसर पारेर यी सामाग्री वितरण गरेको बताए। ' यस पटकको १० औं स्मृति कार्यक्रम गरे। हरेक वर्ष केही न केही गर्दै आइरहेको छु,' खतिवडाले भने, हामी ४ भाइमध्ये कान्छो भाइको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.