|

चितवन : २०४० सालदेखि जन जागृति मा.वि. पिठुवाबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका खुमनारायण श्रेष्ठ स्थानीय रुपमा गोपी श्रेष्ठको नामले परिचित छन्। नेकपा एमालेबाट कालिका नगरपालिकामा उम्मेदवार रहेका उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कमल आचार्यलाई ३२८ मतले पराजित गरेका छन्।

२०२२ साल असोज ७ गते साविक शक्तिखोर गाविस वडा नं. ६ हालको कालिका वडा नं. ९ मा बुबा गौरीमान र आमा यदु कुमारी श्रेष्ठको कोखबाट जन्मिएका उनी २०४३ सालमा जनपक्षीय उम्मेदवारको रुपमा वडा अध्यक्षमा निर्वाचित भएका थिए। २०४९ सालमा साविक शक्तिखोर गाविस अध्यक्षमा पराजित श्रेष्ठ २०५४ सालमा भने निर्वाचित भई जनताको सुख दुःखमा काम गर्दै आएका थिए।

 युवा संघ नेपाल चितवनको संस्थापक सदस्य समेत रहेका श्रेष्ठ २०५३ सालदेखि नेकपा एमालेको जिल्ला कमिटी सदस्य हुँदै हाल सचिवालय सदस्य एवं क्षेत्र नं. २ का इञ्चार्ज समेत रहेका छन्। शक्तिखोरमा रहेको चतुर्मुखी उ.मा.वि. को २ पटकसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भई काम गरेका थिए भने शहीद स्मृती बहुमुखी क्याम्पसमा २ पटकसम्म संचालक समिति सदस्य तथा विभिन्न सामाजिक संघ संस्थामा संलग्न भई सामाजिक कार्य गर्दै आएका छन्।

बोलेको कुरा व्यवहारमा उतार्छु मेयर श्रेष्ठ

खुमनारायण श्रेष्ठले आफुले बालेको कुरा व्यवहारमा उतारेर यस नगरपालिकालाई चितवनकै नमूना नगरपालिका बनाउने बताएका छन्।

आफु विजयी भएपछि कालिका नगरपालिका परिसरमा छाटो प्रतिक्रिया दिँदै उनले सुकुम्बासी समस्या समाधान, भूमिहिनको समस्या समाधान, चिउरी, चेपाङ र चमेरोको संरक्षण, जुटपानी र पदमपुर क्षेत्रलाई व्यवस्थित बसोबास र आधुनिक कृषि तथा व्यवसायिक कृषि एवं पकेट क्षेत्रको रुपमा विकास गर्ने, शक्तिखोर र सिद्धिलाइ पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताए। शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई, रोजगार, सडक, ढल, बत्ती, बिजुली लगायतका हरेक क्षेत्रलाई व्यवस्थित गरी हाम्रो कालिका राम्रो कालिकालाई व्यवहारमै परिणत गरी चितवनकै नमूना नगरपालिका बनाउन आफु प्रतिबद्ध रहेको बताए।

कुन पदमा को-को विजयी?

नगरप्रमुखमा एमालेका खुमनारायाण ७ हजार ४ सय ९२ मतसहित विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कमल आचार्यले ७ हजार १ सय ६४ मत ल्याएका थिए।

उपप्रमुखमा पनि एमालेकी कमला भट्टरार्ई ७ हजार ५ सय ३५ मतका साथ विजयी भएकी छिन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी निरुजा श्रेष्ठको ६ हजार ७२० मत ल्याएको निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिए।

माओवादी केन्द्रको तर्फवाट प्रमुखको उम्मेदवार रामध्वज डल्लाकोटीको २ हजार ३७८ र उपप्रमुखकी उम्मेदवार सविता लामाको २ हजार ५९३  मत आएको छ।

एघार वडा रहेको कालिकामा १,४, ५, ९ र १० वडामा काँग्रेसले जितेको छ भने २, ३, ६, ७, ८ र ११ वडामा एमालेले जितेको छ।

चितवनको कालिका नगरपालिकामा काँग्रेसबाट वडा अध्यक्षमा जित्नेहरुमा वडा नम्बर १ मा लिलाबहादुर गुरूङ,  वडा नं ४ कृष्णकुमार श्रेष्ठ, वडानम्बर ५ जियना महतो, वडा नम्बर ९ हेमवहादुर क्षेत्री र वडानम्बर १० मा डिबवहादुर गुरूङ रहेका छन्।

यता एमालेका तर्फबाट वडाध्यक्ष जित्नेहरुमा वडा नम्बर २ बाट सोमवहादुर गुरूङ वडा नम्बर ३ बाट टिकाराज रिजालल, वडा नं ६बाट विनोद रेग्मी, वडा नम्बर ७ डिल्लीप्रसाद दवाडी, वडा नम्बर ८ बाट ईमप्रसाद अधिकारी र वडा नम्बर ११ कृष्णवहादुर प्रजा रहेका छन्।

२२ हजार ९८७ मतदाता रहेको कालिकामा कुल १८ हजार ५०० मत खसेको थियो। चट्यांगका कारण एकजना उम्मेदवारको मृत्यु भएपछि जेठ २ गते मतदान भई सोही राती ११ बजेबाट यहाँ मतगणना सुरु गरिएको थियो।

प्रमुख पदमा कुन वडाबाट कसलाई कति मत ?

उपप्रमुख पदमा कुन वडाबाट कसलाई कति मत ?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.