|

सिन्धुपाल्चोक :  सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार वंशलाल तामाङले ५ हजार ३ सय ७५ मत ल्याए भने प्रतिद्वन्द्वी एमालेका झम्क नेपालले ५ जार १ सय ७५ मत ल्याएका छन्। २ सय मत अन्तरले तामाङले जित दर्ता गराए।

यस्तै उपाध्यक्षमा कांग्रेस मिरा लामाले ५ हजार १ सय ३१ मत ल्याएर विजयी भइन्। प्रतिद्वन्द्वी एमालेको सरस्वती अधिकारीले ५ हजार ८९ मत मात्र ल्याएकी छिन्।

१२ वडा रहेको गाउँपालिकामा ७ वटामा कांग्रेस, ३ वटामा एमाले र २ वटामा माओवादी केन्द्र विजयी भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.