|

चितवन : भरतपुर महानगरपालिकाको वडा नं.११ को ६ हजार ६०० मत गणना हुँदा एमालेका उम्मेदवार देवी ज्ञवाली झण्डै २३ सय मतले अगाडि छन्। । वडाको सात सय मत गन्न बाँकी रहँदा ज्ञवालीले २१ हजार ८१७ मत ल्याएका छन्।

माओवादी केन्द्र र कांग्रेस गठबन्धनकी  रेणु दाहाल (माओवादी केन्द्र) १९ हजार ५४५ मतसहित पछ्याइरहेकी छिन्।

उपप्रमुखतर्फ कांग्रेस र माओवादी केन्द्र गठबन्धनकी पार्वती शाह (कांग्रेस) ले २२ हजार ३८६ मत ल्याएकी छिन्। उनकी प्रतिद्वन्द्वी एमाले दिव्या आचार्यले १९ हजार ३५१ मत प्राप्त गरेकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.