|

  • अनिल खत्री

गुल्मी : जेठ ३१ गते दोस्रो चरणमा हुने स्थानीय निर्वाचनका लागि गुल्मीमा पनि चुनावी सरगर्मी सुरु भएको छ। विभिन्न दलहरुले निर्वाचन विशेष अभियानअन्तर्गत भेला, सभा सम्मेलन तथा छलफलहरु गर्न थालेका छन्।

गुल्मीमा रहेका २ नगरपालिका र १० गाउँपालिक तथा ती स्थानीय तहअन्तर्गतका ९३ वडाको लागि विभिन्न पार्टी भित्र ठुलो संख्यामा आकांक्षीहरु देखिएका छन्। उम्मेदवार छान्नका लागि पार्टीका स्थानीय नेताहरु दिनहुँ बैठक तथा छलफलमा व्यस्त छन्।

स्थानीय तह निर्वाचनका लागि अन्य दलहरु उम्मेदवार छान्ने प्रक्रियामै रहेका बेला नेकपा एमालेको जिल्ला संगठनले उम्मेदवारहरु छनोट गरेको छ।  पार्टीमा गरेको योगदान र उम्मेवादरको लोकप्रियता समेतलाई ध्यानमा राखेर उम्मेदवार छनोट गरिएको नेकपा एमाले गुल्मीका सचिवालय सदस्य जंग नेपालीले जानकारी दिए।

एमाले गुल्मीले २ नगरमध्ये रेसुङ्गा नगरपालिकाको प्रमुख पदमा डिल्लीराज भुसाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। मुसिकोट नगरपालिकाको प्रमुख पदमा सोमनाथ सापकोटा र उपप्रमुखमा कामला शर्मा उम्मेदवार छन्।  जिल्लामा रहेका १० गाउँमालिकाहरुमध्ये इस्मा गाउँपालिकाको अध्यक्षमा लक्ष्मण विष्ट र उपाध्यक्षमा विमला केसी उम्मेदवार छन्। त्यस्तै मालिका गाउँपालिकामा अध्यक्षमा रितबहादुर थापा उम्मेदवार छन्। मादाने गाउँपालिका अध्यक्षमा दानबहादुर केसी र  उपाध्यक्षमा सरिता खड्का उम्मेदवार छन्। धुर्कोट गाउँपालिकाको अध्यक्षमा कृष्ण घिमिरे र उपाध्यक्षमा रिता थापा उम्मेदवार छन्।

त्यस्तै दवार गाउँपालिकाको अध्यक्षमा कृष्ण भुसाल उपाध्यक्षमा शुसिला पुन उम्मेदवार छन्। छत्रकोट गाउँपालिका अध्यक्षमा मधुकृष्ण पन्त र उपाध्यक्षमा नर्मदा भण्डारी उम्मेदवार छन्। रुरु गाउँपालिका अध्यक्षमा निलकण्ठ गौतम र उपाध्यक्षमा लक्ष्मी पन्त उम्मेदवार छन्। चन्द्रकोट गाउँपालिकाको अध्यक्षमा मिमलाल श्रेष्ठ उपाध्यक्षमा राधिका अर्याल, सत्यवती गाउँपालिकाको अध्यक्षमा अमरसिंह सिंजापती उपाध्यक्षमा सुर्वण शाही तथा कालिगण्डकी गाउँपालिकाको अध्यक्षमा टिकाराम ढकाल उम्मेदवार छन्।

किन चयन गरिएन ३ स्थानीय तहमा उपप्रमुख ?

एमालेले रेसुङगा नगरपालिकाको उपप्रमुख तथा मालिका गाउँपलिका र कालिगण्डकी गाउँपालिकाको उपप्रमुख चय गरेको छैन्। एमाले गुल्मीका सचिव सोमनाथ सापकोटाले अन्य पार्टीसँगको तालमेलका लागि प्रयास गर्न यी पदहरुमा तत्काल उम्मेदवार चयन गरेको बताए। पार्टीले जिल्लाका सबै वडाध्यक्षसहित सम्पूर्ण उम्मेदवार छनोट कार्य अन्तिम चरणमा पुर्‍याएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.