|

काठमाडौं : गोरखा नगरपालिका–५ का  वडाध्यक्ष  खिलबहादुर रानाको निधन भएको छ।

घरमै बसिरहेको वेला लडेर बेहोस भएका ३४ वर्षीय रानालाई बिहीबार दिउँसो उपचारका लागि गोरखा अस्पताल लगिएको थियो।

अस्पताल पुर्‍याउँदा साँझ करिब ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले जानकारी दिए।

राना वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा राना नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए।

उनका श्रीमती र एक छोरा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.