|

काठमाडौं : सिरहाको धनगढीमाई नगरपालिका–७ मा माइक्रो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। एक युवती घाइते भएकी छिन्। 

दुर्घटनामा गोलबजार नगरपालिका १२ बस्ने २२ वर्षीय अमरेशकुमार मण्डलको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएको मण्डलको उपचारका क्रममा कसहा हेल्थ केयर सिरहामा मृत्यु भएको हो।

घाइते सोही मोटरसाइकलमा सवार १८ वर्षीया पर्वती देवी मण्डलको मेट्रो हेल्थ केयरमा उपचार भइरहेको छ। प्रदेश २–०१–००१ प ३९ ८२  नम्बरको मोटरसाइकललाई बा २१ च ५८४४ नम्बरको माइक्रो बसले गएराति ठक्कर दिएको थियो। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.