|

काठमाडौं : मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र–१ मा नेपाली कांग्रेसका उम्मेदवार मुनिन्द्रजंग गुरुङ प्रदेशसभा निर्वाचनमा विजयी भएका छन्।

नेकपा एमालेका उम्मेदवार राजनबहादुर गुरुङलाई ३ सय ३० मतले हराउँदै मुनिन्द्रजंग विजयी भएका हुन्।​ मुनिन्द्रले एक हजार २ सय ५५ मत पाउँदा राजनले ९२५ मत प्राप्त गरे।

यसअघि नै मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र २ मा भने राजीव गुरुङ(दीपक मनाङे) निर्विरोध निर्वाचित भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.