|

काठमाडौं : नेपाली कांग्रेसले दोस्रो चरणको निर्वाचन हुने दार्चुला, बाजुरा, बझाङ, ताप्लेजुङ, ओखलढुंगा जिल्लाको उम्मेदवार टुंगो लगाएको छ। शुक्रबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले दार्चुला, बाजुरा र बझाङका स्थानीय तहको उम्मेदवार सर्वसम्मत रुपमा टुंगो लगाएको हो।

त्यस्तै ताप्लेजुङ र ओखलढुंगाको उम्मेदवार टुंगो लगाए पनि एक पटक जिल्ला समितिलाई सोधेर निर्णय गरिने कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए।

शुक्रबार विहान र साँझ बसेको बैठकमा झापा, मोरङ र सुनसरी  तथा कैलाली र कञ्चनपुर बाहेक एक नम्बर र ७ नम्बर प्रदेशका सबै जिल्लाका स्थानीय तहको उम्मेदवार चयन गर्ने बारेमा छलफल भएको थियो। शनिबारसम्म ती जिल्लाहरुको उम्मेदवार टुंगो लगाउने बडुले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.