|

काठमाडौं  : राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार गृहजिल्ला भोजपुर जाने भएकी छिन्।

जन्मगाउँ रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ, आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालय उद्घाटनका लागि उनी भोजपुर जान लागेकी हुन्। 

शिक्षालय उद्घाटनसँगै राष्ट्रपति भण्डारीले बेहेरेश्वर महादेव र शिवालयमा दर्शन गर्ने तथा आफू अध्ययन गरेको बेहेरेश्वर माध्यमिक विद्यालयको निरीक्षण गर्ने कार्यक्रम  छ। 

प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न राष्ट्रपति भण्डारीको पहलमा ११ करोड ३९ लाख ७३ हजार ८०० रुपैयाँ लागतमा शिक्षालय निर्माण गरिएको हो। जन्मघर नजिकै ५५ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको प्राविधिक शिक्षालयलाई राष्ट्रपति भण्डारीले ३७ रोपनी र उनको परिवारले १८ रोपनी जग्गा निःशुल्क दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.