|

सुर्खेत : कालिकोटको रास्कोट नगरपालिकाले आफ्नो सवारीसाधन ६ महिनादेखि बेवारिसे छाडेको छ। नगरपालिकाको बा १ झ ६४२२ नम्बरको सरकारी प्लेटको गाडी खाँडाचक्र नगरपालिका २ को झाम्ला मोडमा बेवारिसे ​ अवस्थामा छाडिएको हो। 

सुर्खेत–जुम्ला सडकखण्डको सेरीघाटको एक मोडमा ६ महिनादेखि गाडी अलपत्र छोडेपछि पार्टपुर्जा खिया लागेर काम नलाग्ने भएका छन्।  सिसालगायत सामग्री चोरी भएको छ। नगर प्रमुख धर्मराज शाहीले प्रयोग गरेको यो गाडी जेठको पहिलो साता सुर्खेतबाट आउँदै गर्दा गाडी झाम्ला मोडमा बिग्रेपछि यही छाडिएको हो।

नगरपालिका प्रमुख चढ्ने अर्को गाडी भएकाले उक्त गाडीका बारेमा कुनै चासो नदिएको स्थानीयवासीको भनाइ छ। गाडी मर्मत गर्ने विषयमा रास्कोट नगरका जिन्सी शाखाप्रमुख अरुण रोकाले गाडी १० वर्षभन्दा चलिसकेको गाडीपुरानो भएकाले नबनाएको बताए।  

यो गाडी पशु चिकित्सा विभागले नगरपालिकालाई सञ्चालन गर्न हस्तान्तरण गरेको थियो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.