|

 गुल्मी  : जम्बुकास्‍मिरमा नेपाली सैनिकको मृत्युको खबरले गाउँ शोकमा परेको छ। भारत र पाकिस्तानको सीमा क्षेत्र कास्‍मिरमा सीमा सुरक्षामा खटिएका भारतीय सैनिक हवल्दार ४० वर्षीय डम्बरबहादुर पुनको मृत्यको खबरले उनको जन्मगाउँ शोकमा परेको हो। उनको जन्मघर कालीगण्डकी गाउँपालिका ७ भुर्तुङको करङतुङ हो।

भारतीय सेनामा उनको थर पुन भए पनि गाउँमा उनीहरु कार्की परिवार हुन्। उनका बाबु ज्योतिन्द्रबहादुर कार्की अहिले पनि गाउँमा वरिष्ठ समाजसेवी हुन्। भारतीय सेनाबाटै सेवा निवृत्त उनका दुई भाइ छोरामध्ये डम्बर कान्छा हुन्।

गत मंगलबार सीमा सुरक्षा गस्ती गरेकै बेला पाकिस्तानी सैनिकको आक्रमणबाट जम्मुकास्‍मिर क्षेत्रको लाइन अफ कन्ट्रोलको नौगाम सेक्टरमा गोली लागेर उनको मृत्यु भएको हो। उनीसँगै पर्वतको कुश्मा नगरपालिका-८ चुवाका २३ वर्षीय रवीन शर्मा, कास्कीको नागिधार गाउँका ३८ वर्षीय गिरिश गुरुङको पनि गोली लागेर मृत्यु भएको छ। घटनामा थप ४ नेपाली घाइते छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.