|

काठमाडौँ: नेपाली लोकसंस्कृति र साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्व कवि तुलसी दिवसलाईअन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रो कमिटीले सम्मान गरेको छ।

अभिनन्दनपछि दिवसले नेपाली लोकसंस्कृति, कला, साहित्य र विशेषगरी कविताका विषयमा अत्यन्त सारगर्भित भनाइ राख्दै आफ्ना केही कविता प्रस्तुत गर्दा सहभागीहरू निकै मुग्ध भएका थिए।

अनेसासका संस्थापक अध्यक्ष, डिसी मेट्रो कमिटीका संरक्षक होमनाथ सुबेदी र प्रा. पुरुषोत्तम सुबेदीले दिवसका बारेमा समालोचकीय मन्तव्य राख्दै दिवस नेपाली साहित्य र लोकसंस्कृति क्षेत्रका उज्जवल नक्षत्र भएको बताए। 
        
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रो कमिटी, अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले नेपालको लोकसँंती र साहित्य क्षेत्रका धुरन्धर विद्वान् तुलसी दिवसलाई सम्मान गर्न पाउँदा गर्वको महसुस भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.