|

जनकपुरधाम: संविधान संशोधनको माग गर्दै राष्ट्रिय जनता पार्टीले जनकपुरमा लाठीसहितको जुलुस प्रदर्शन गरेको छ।

जनकपुरको स्थानीय जनक चोकबाट निस्केको लाठी जुलुस शिव चोक, कदम चोक, जिल्ला प्रशासन कार्यालयको अगाडि हुँदै भैरव चोक, पुरानो बजार, सुनचाँदी बजारको परिक्रमा गर्दै पुनः शिवचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

जुलुसमा सहभागीहरूले चुनाव हुन नदिने साथै सरकार र प्रमुख विपक्षी दल नेकपा एमालेविरुद्ध नाराबाजी गरेका थिए। अन्य दलका उम्मेदवारहरूलाई उम्मेदवारी दिए कालोमोसो दल्ने चेतावनीमूलक नारा लेखिएको पोष्ट कार्डहरू समेत प्रदर्शनकारीहरूले प्रदर्शन गरेका थिए।

स्थानीय तहको दोस्रो चरणको चुनाव बहिस्कारको निर्णय गरेको राष्ट्रिय जनता पार्टीले तराईमा अहिले आन्दोलन गरिरहेको छ।

संविधान संशोधन, तराई-मधेसका जिल्लाहरूमा जनसंख्याको आधारमा स्थानीय तहको संख्या बढाउनुपर्ने, आन्दोलनको क्रममा मारिएकालाई शहीद घोषणा गरी क्षतिपूर्ति दिनुपर्ने तथा आन्दोलनको क्रममा लगाइएका झूठा मुद्दाहरू फिर्ता लिनुपर्ने मागसहित आन्दोलन गर्दै आएको राजपाले पूर्व निर्धारित कार्यक्रमअनुसार जनकपुरमा लाठी जुलुस प्रदर्शन गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.