|

बारा : बारामा शुक्रबार साँझ अज्ञात समूहले चलाएको गोली लागेर सिकिस्त भएका भारतीय व्यापारीको मृत्यु भएको छ। गोली प्रहारबाट भारतको मोतिहारी जिल्ला छौडादानो निवासी भारतीय व्यापारी शिवपूजन यादवको मृत्यु भएको हो।

प्रत्यक्षदर्शीका अनुसार महागढीमाई नगरपालिका वडा नं. २ भुतही पुलनजिकै चिया पसलमा अज्ञात समूहले यादवमाथि गोली हानेर भागेका थिए। साँझ करिब ५ः३५ बजे दुईवटा नम्बर नखुलेको भारतीय मोटरसाइकलमा आएका ५ जनाको अज्ञात समूहले यादवलाई गोली हानेर भागेको थियो।

गोली लागेर गम्भीर घाइते भएका यादवको एलएस न्युरो अस्पतालमा उपचारका क्रममा साढे ७ बजे मृत्यु भएको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए। मृतक यादवको शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको र  गोली हानी फरार भएको समूहको खोजी भैरहेको प्रहरी उपरीक्षक बोगटीले बताए।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.