|

रुकुम : शुक्रबार पानी परेसँगै पश्चिमी रुकुमका किसानहरु रोपाईंमा व्यस्त हुन थालेका छन्। यो वर्ष समयमै पानी परेकाले किसानहरु पाखाहरुमा मकै रोप्न र खेतहरुमा रोपाई गर्न सुरु व्यस्त भइका हुन्।

अघिल्ला वर्षहरुमा मकै खेती अगाडि गर्ने भए पनि पानी नपर्दा ढिला भएको हुने गरेको थियो। यस वर्ष रोपार्इंसँगै मकै पनि रोप्ने काम सुरु भएको चौरजहारी नगरपालिका ११ का गणेश केसीले बताए।

पानी परेपछि कृषकहरु खुसी भएर धमाधम खेती लगाउनमा व्यस्त भएका छन्।  सरकारले उन्नत बिउबिजन लगाउने भनेपनि अधिकांश कृषकहरूले भने परम्परागत रुपमा पुरानै बिउबिजनले खेती गरिरहेका छन्। स्थानीय तहको चुनाव सकेसँगै यहाँका कृषकहरु हर्षोल्लासका साथ खेती गर्नमा तल्लीन देखिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.