|

दाङ : दाङका दुई कारागारबाट १६ जना कैदीबन्दीको कैद मिनाह गरिएको छ। १५ औं गणतन्त्र दिवसका अवसरमा तुलसीपुर कारगारबाट १२ जना र घोराही कारागारबाट ४ जना कैदीको कैद मिनाह गरिएको हो।  मिनाहाका लागि तुलसीपुरबाट २२ जना र घोराही कारागारबाट ५ जना कैदीलाई कारागार विभागमा सिफारिस गरिएको तुलसीपुर कारागारका निमित्त प्रमुख भोजराज भण्डारीले जानकारी दिए। जसअन्तर्गत कर्तव्य मुद्दाका ६, बुहविवाह मुद्दाका ३, ज्यान मार्ने उद्योग मुद्दाका ३ र सवारी ज्यान मुद्दाका ३ जना गरी १६ जनाकारागार मुक्त भएका हुन्।

कैद मिनाहमा पर्नेमा साविक ठेगानाका तुलसीपुर कारागारबाट रामपुर गाविस ९ काइन्द्रा (वली) बुढा, सोही ठाउँका गोकर्ण बहादुर वली, मानपुर २ का रैबहादुर योगी, तुलसीपुर ६ काजनकबहादुर बस्नेत, घोराही १० काजितु नेपाली, रुकुमतकसेराकाजितबहादुर बुढामगर, बेला ५ कामानबहादुर विक, नवलपरासीका रामचन्द्रराजभर पहरी, पुरनधारा ८ काविनयकुमार सुनार, तुलसीपुर १० काचिरविरे सुनार, डुरुवा ५ का केवलचौंधरी, हापुर १ का मेघबहादुर घर्ति रहेका छन्।

त्यसैगरी घोराहीकारागार शाखाबाट साविक ठेगानाअन्तर्गत सैघा १ का रिमबहादुर पुन, रुकुमको कोटगाउँबाट रामचन्द्र घर्ती, ढिकपुर ३ काजंगबहादुर थापा र लक्ष्मीपुर २ का खड्क बहादुर थापा रिहाभएका छन् । असलचालचलन र ४० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीवन्दिलाई महत्वपूर्ण तिथिमितिमा सरकारले कैद मिनाह गर्ने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.